Nepal Face
  • शनिबार, २३ साउन २०८३
  • प्रलोपाबाट अलग भएको राम कार्कीको घोषणा


    शुक्रबार, साउन २२ २०८३
    135
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता राम कार्की पार्टीबाट अलग भएका छन् । प्रलोपा औपचारिक रूपमा विभाजन भएपछि कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

    शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीमा आफू सुरुदेखि नै कुनै पनि कार्यकारी पदमा नरहेकोको जानकारी दिँदै उनले ‘मार्क्सिस्ट स्कुल अफ प्राक्शिस’ अनुबन्धित रहने प्रतिबद्धता जनाएका छन् ।

    मेरो हकमा म सुरुदेखि नै कुनै पनि कार्यकारी पदमा रहेको थिइन। हाल युवा तन्नेरीहरूको पहलमा निर्माणाधीन वैचारिक पाठशाला मार्क्सिस्ट स्कुल अफ प्राक्शिसमा अनुबन्धित रहने प्रतिबद्धता जाहेर गरिसकेकाले म यसै पाठशाला र यसका वरिपरिको काममा सीमित रहनेछु। प्रलोपामा रहँदा साथीहरूले गर्नुभएको न्यानो व्यवहारलाई सदा सम्झिरहनेछु’, कार्कीले लेखेका छन् ।

    बुधबार प्रलोपाबाट साबिकका नयाँ शक्ति समूह सहमतिमै पार्टीबाट अलग भएका थिए । प्रलोपामा आइपुगेका अधिकांश नेताहरू संसदीय जडतामा फसेका पार्टीहरूबाट आएकाले छोटो समयमै पार्टी विभाजित हुन पुगेको उनको निष्कर्ष छ ।

    उनले लेखको छन्– ‘प्रगतिशील लोकतान्त्रिक पार्टीमा जम्मा हुन आइपुगेका हामीमध्ये अधिकांश संसदीय जडतामा फसेका पार्टीहरूबाट भर्खर भर्खर बाहिर आएका थियौँ। त्यसैले हामीमध्ये धेरैको निम्ति राजनीति भनेकै निर्वाचन हुन पुग्यो। त्यतिबेला निर्वाचनतर्फ नलागेर प्रगतिशील अभियानतर्फ हामी लागेको भए परिणाम सायद अर्कै हुने थियो ।’

    पुराना पार्टीहरू विसर्जित भएको घोषणासहित अगाडि आएको प्रलोपा निर्वाचनको भुमरीमा पसेपछि आफ्नो वैचारिक अडानमा कायम रहन नसकेको उनको भनाइ छ । नेताहरूको एउटा समूहले एउटा पुरानो दलको हात समात्यो भने नेताहरूको अर्को समूह अर्कै पुरानो दलसँग हातेमालो गर्न पुग्यो र यसरी वैचारिक रूपमा निर्वाचनताका विघटित भएको पार्टी आज आएर सङ्गठनात्मक रूपमा पनि विभाजित भएको कार्कीले निष्कर्ष निकाले । सौहार्दपूर्ण तरिकाले अलग भएको भन्दै कार्कीले दुवै समूहलाई शुभकामना दिए ।

    गत फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि कार्की नेकपा माओवादी केन्द्रबाट अलग भएका थिए । मङ्सिर ७ गते बाबुराम भट्टराई संरक्षक रहेको नेसपा ९नयाँ शक्ति०, रास्वपाबाट अलग भएको सन्तोष परियार समूहसँग मिलेर प्रलोपा गठन भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार