काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता राम कार्की पार्टीबाट अलग भएका छन् । प्रलोपा औपचारिक रूपमा विभाजन भएपछि कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीमा आफू सुरुदेखि नै कुनै पनि कार्यकारी पदमा नरहेकोको जानकारी दिँदै उनले ‘मार्क्सिस्ट स्कुल अफ प्राक्शिस’ अनुबन्धित रहने प्रतिबद्धता जनाएका छन् ।
मेरो हकमा म सुरुदेखि नै कुनै पनि कार्यकारी पदमा रहेको थिइन। हाल युवा तन्नेरीहरूको पहलमा निर्माणाधीन वैचारिक पाठशाला मार्क्सिस्ट स्कुल अफ प्राक्शिसमा अनुबन्धित रहने प्रतिबद्धता जाहेर गरिसकेकाले म यसै पाठशाला र यसका वरिपरिको काममा सीमित रहनेछु। प्रलोपामा रहँदा साथीहरूले गर्नुभएको न्यानो व्यवहारलाई सदा सम्झिरहनेछु’, कार्कीले लेखेका छन् ।
बुधबार प्रलोपाबाट साबिकका नयाँ शक्ति समूह सहमतिमै पार्टीबाट अलग भएका थिए । प्रलोपामा आइपुगेका अधिकांश नेताहरू संसदीय जडतामा फसेका पार्टीहरूबाट आएकाले छोटो समयमै पार्टी विभाजित हुन पुगेको उनको निष्कर्ष छ ।
उनले लेखको छन्– ‘प्रगतिशील लोकतान्त्रिक पार्टीमा जम्मा हुन आइपुगेका हामीमध्ये अधिकांश संसदीय जडतामा फसेका पार्टीहरूबाट भर्खर भर्खर बाहिर आएका थियौँ। त्यसैले हामीमध्ये धेरैको निम्ति राजनीति भनेकै निर्वाचन हुन पुग्यो। त्यतिबेला निर्वाचनतर्फ नलागेर प्रगतिशील अभियानतर्फ हामी लागेको भए परिणाम सायद अर्कै हुने थियो ।’
पुराना पार्टीहरू विसर्जित भएको घोषणासहित अगाडि आएको प्रलोपा निर्वाचनको भुमरीमा पसेपछि आफ्नो वैचारिक अडानमा कायम रहन नसकेको उनको भनाइ छ । नेताहरूको एउटा समूहले एउटा पुरानो दलको हात समात्यो भने नेताहरूको अर्को समूह अर्कै पुरानो दलसँग हातेमालो गर्न पुग्यो र यसरी वैचारिक रूपमा निर्वाचनताका विघटित भएको पार्टी आज आएर सङ्गठनात्मक रूपमा पनि विभाजित भएको कार्कीले निष्कर्ष निकाले । सौहार्दपूर्ण तरिकाले अलग भएको भन्दै कार्कीले दुवै समूहलाई शुभकामना दिए ।
गत फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि कार्की नेकपा माओवादी केन्द्रबाट अलग भएका थिए । मङ्सिर ७ गते बाबुराम भट्टराई संरक्षक रहेको नेसपा ९नयाँ शक्ति०, रास्वपाबाट अलग भएको सन्तोष परियार समूहसँग मिलेर प्रलोपा गठन भएको थियो ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend