Nepal Face
  • शनिबार, २३ साउन २०८३
  • फेरि उकालो लाग्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    शुक्रबार, साउन २२ २०८३
    230
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा पहेलो धातु सुनको भाउ फेरि उकालो लागेको छ। हिजो तोलामा ८ हजार रुपैयाँ बढेको सुनको भाउ आज थप बढेको छ।

    सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    हिजो सुनको भाउ तोलामा ८ हजार रुपैयाँ बढेर २ लाख ९६ हजार रुपैयाँ कायम भएको थियो। त्यसअघि बुधबार पनि सुनको भाउ तोलामा ४ हजार २ सयले बढेको थियो।

    गएका तीन दिनमा सुनको भाउ तोलामा १३ हजार १ सय रुपैयाँ बढेको छ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर ४ हजार ५ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार