काठमाडौँ। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत बम्पर उपहार जित्ने बिजेताहरुको घोषणा भएको छ।
शुक्रबार बिहान विभागले अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा विजेताहरुको घोषणा गरेको हो।
शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहारको साउन महिनाको १५ दिनको बम्पर उपहार जितेका छन्।
बम्पर उपहार जितेका व्यक्तिले यही साउन ७ गते सामान किनेको खुलेको छ। विजेताको थप विवरण आन्तरिक राजश्व विभागले पहिचान गर्ने छ।
विभागले पहिलो १ लाख ३३ हजार ३३४ रूपैयाँ प्राप्त गर्ने १५ जनाको घोषणा गरेपछि बम्पर उपहार कार्यक्रम अन्तर्गत १० लाख रूपैयाँ जित्ने विजेता घोषणा गरेको छ।
१० लाख राशी बम्पर उपहार ००७३१५२५४४९३ कुपन नम्बर भएका व्यक्तिले जितेका छन्।
ती करदाताले शिवकृष्ण जनरल स्टोरबाट २५० रूपैयाँको सामान किनेको बिल उपहार कार्यक्रममा समावेश गरेका थिए।
उनले २५ प्रतिशत कर कट्टा गरी सरकारबाट ७ लाख ५० हजार रूपैयाँ पुरस्कार पाउनेछन्।
काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मघर मर्मतका लागि भनी सरकारले दिएको २ करोड रुपैयाँ बजेट अस्वीकार गरेका...
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट बुलेट र डुक मोटरसाइकल चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको...
सम्पादकज्यू पंचायत, प्रजातन्त्र, गणतन्त्र जुन तन्त्र आए पनि प्रहरीका तल्लो तहका जवानमाथि हुने थिचोमिचो र अन्याय उस्तै छ । यस्तै थिचोमिचो हुने ठाउँ हो, काठमाडौं...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका १० जना प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । आज नेपाल प्रहरी प्रधान कार्यालयमा प्राविधिक...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् । हङकङमा रहेका देउवा २६ गते स्वदेश फर्किने तय भएको उनीनिकट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend