सम्पादकज्यू
पंचायत, प्रजातन्त्र, गणतन्त्र जुन तन्त्र आए पनि प्रहरीका तल्लो तहका जवानमाथि हुने थिचोमिचो र अन्याय उस्तै छ । यस्तै थिचोमिचो हुने ठाउँ हो, काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंज ।
प्रहरी सहायक निरीक्षक, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदको भर्ना तथा छनौट अन्तर्गतका विभिन्न परीक्षाहरु शिक्षालयबाट सञ्चालन हुँदै आइरहेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय र सो मातहतका विभिन्न प्रहरी इकाईहरूमा कार्यरत प्रहरी जनशक्तिलाई समयानुकूल प्रशिक्षण प्रदान गर्ने काम पनि शिक्षालयबाट हुने गरेको छ । शिक्षालयका समादेशक(एसपी) एसपी वीरेन्द्रबहादुर शाही छन् ।
शिक्षालयमा तालिम दिनका लागि प्रशिक्षक बोलाउने काम प्रहरी निरीक्षक भगवती तिमल्सिना र लेखापाल बरिष्ठ सई पुष्पा थापाले गर्ने गर्दछन् । लेखापाल थापा पूर्वआईजीपी दीपक थापाकै शक्ति लगाएर शिक्षालय पुगेकी हुन् । इन्स्पेक्टर तिमल्सिना पूर्व गृहमन्त्री रमेश लेखकको सिफारिसमा शिक्षालय पुगेकी हुन् ।
बर्तमान सरकार गठन हुनासाथ पक्राउ परेका लेखकलाई शिक्षालयमै राखिएको थियो । जहाँ तिमल्सिनाले उनलाई सबै सुविधा उपलब्ध गराएकी थिइन् । इन्स्पेक्टरको १ बर्षमा सरुवा हुने भए पनि तिमल्सिना २ बर्षदेखि शिक्षालयमा कार्यरत छिन् । उनी त्यहीँबाट डीएसपी बढुवा भएर जाने दाउमा छिन् । पूर्वगृहमन्त्री रमेश लेखक, प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासनका एसपी निरन्जन भट्टदेखि उपत्यका प्रहरी कार्यालयका कर्मचारी प्रशासनका डीएसपी पाण्डे पनि आफ्ना भेगका भएकाले उनी आफू डीएसपी हुने कुरामा ढुक्क जस्तै छिन् ।
जेनजी बिद्रोहपछि गृहमन्त्री सुधन गुरुङ भए । तर प्रहरीमा जेनजीको जगमा बनेको सरकारको होइन, लेखकको सिफारिस चल्ने गरेको छ । उनकै बिश्वासपात्रका रुपमा चिनिनेहरु प्रहरी हेडक्वाटरदेखि उपत्यकासम्मका कर्मचारी प्रशासनमा छन् । र, शिक्षालयका तिमल्सिनाको सरुवा २ बर्षसम्म पनि हुँदैन । प्रहरीका महत्वपूर्ण ठाउँमा आफ्नै भेगका भएकाले तिमल्सिनाले शिक्षालयको समादेशक पनि उतैको ल्याएको दाबी गर्न पछि पर्दिनन् ।
शिक्षालयमा तालिम दिनका लागि पनि नाम एक जनाको हुन्छ, तालिम दिन अख्तियारमा कार्यरतदेखि हेडक्वाटरका हाकिमका भेगकै बोलाउने गरिन्छ । तालिम दिनेले जुनियरको १ हजार ५ सय र सिनियरको २ हजार ५ सय पारिश्रमिक पाउने गर्दछन् । शिक्षालयको लेखापालको काम लेखाको हिसाबकिताव मात्र हेर्ने हो । तालिम दिन पाउँदैन । तर, बरिष्ठ सई लेखापाल पुष्पा थापाले तालिम दिनेमा आफ्नो नाम पनि राखी १ हजार ५ सय पारिश्रमिक लिने गरेकी छन् । हप्ताको एकाध दिन तालिम दिनका लागि मात्र करोडको गाडीमा सरर शिक्षालय आउने उनी अरु दिन आउँदिनन् ।
लेखाको काम सबै सहायकले गर्ने गर्दछन् । शिक्षालयमा तालिम लिनेहरु इन्स्पेक्टर तिमल्सिनाको हैकम र अन्याय सहन गर्न नसकी कतिपय जवान र असई तालिम लिंदालिंदै भाग्न बाध्य बनाइएका छन् । तिमल्सिनाले आफ्नो भेगकालाई मात्र तालिममा सहयोग गरी अन्यत्रकालाई दुःख दिने र चरम भेदभाव गरेर तालिम छाडेर भाग्न बाध्य पार्ने गरेकी छन् ।
शिक्षालयका परीक्षा समेत पारदर्शी नहुने गरेकोबारेमा प्रहरी प्रधान कार्यालयले अनुगमन गर्नु जरुरी छ । तालिमेहरुको पैसा र रासनमा समेत अनियमितता हुने गरेको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा हाइट नै नपुगे पनि प्रहरीमा भर्ना भएकी हुन् उनी । अहिले पनि उनको हाइट नाप्ने हो भने प्रहरीको मापदण्ड अनुसार छैन । तर तिनैले तालिम लिनेहरुलाई फिजिकल परीक्षामा फेल गराउने गरेकी छन् ।
लोकसेवा आयोगबाट परीक्षा लिन आउनेहरुलाई समेत गुमराहमा राख्ने, सीसीटीभी बिग्रेको, वाइफाईको समस्या देखाउने गरिएको छ । प्रहरीमा भर्नादेखि तालिम दिने शिक्षालयमा भइरहेका यस्ता बिभेदका बारेमा प्रहरी महानिरीक्षकको सचिवालयमा गुनासो पनि पुगिसकेका छन् । तर तालिमेहरुमाथि बिभेद कम भएको छैन ।
– शिक्षालयका अन्यायमा परेका तालिमे प्रहरीहरु
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend