Nepal Face
  • बिहिबार, २१ साउन २०८३
  • शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने


    बिहिबार, साउन २१ २०८३
    110
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् ।

    हङकङमा रहेका देउवा २६ गते स्वदेश फर्किने तय भएको उनीनिकट नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।

    पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने फर्किने मिति तय नभएको प्रतिक्रिया दिए ।

    देउवा ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।

    उनी १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार