Nepal Face
  • बिहिबार, २१ साउन २०८३
  • मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन


    बिहिबार, साउन २१ २०८३
    135
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीसम्बन्धी ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन् ।

    सभाको आजको बैठकमा उक्त ध्यानाकर्षण प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै अध्यक्ष दाहालले हरेक आर्थिक वर्षको पुस मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति विवरण सभासमक्ष पेस गर्न सरकारलाई निर्देशनसमेत दिए ।

    यस्तै, ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयको कार्यान्वयनको अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई उनले निर्देशन दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार