काठमाडौँ। कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या प्रकरणमा सोधिएको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले उत्तर नदिने बताएका छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री गुरुङसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो। प्रश्नोत्तर कार्यक्रमको सुरुवातमै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद विष्णुबहादुर विश्वकर्मालाई प्रश्न सोध्न अनुमति दिएका थिए।
सांसद विश्वकर्माले निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धान कहाँ पुग्यो र हत्यारा कहिले पक्राउ पर्छन् भनेर प्रश्न गरेका थिए।
त्यसको उत्तरमा गृहमन्त्री गुरुङले गम्भीर विषयको भए बताए। ‘यो विषय एकदमै सेन्सेटिभ छ,’ उनले भने।
यस विषयमा गृहमन्त्री गुरुङले सांसदलाई नै उल्टै प्रश्न गरे। ‘हजुर सत्तामा हुँदा किन नगर्नु भएको होरु,’ उनले भने।
यस विषयलाई संसद्मा धेरै कोट्याउन नहुने उनको तर्क थियो। ‘आमाको घाउलाई कोट्याइरहने हो कि संसदमार्फत कि न्याय दिने हो ?,’ उनले भने।
यसमा अनुसन्धान भइरहेको गृहमन्त्री गुरुङको भनाइ थियो। ‘धेरै कुरा बोल्न सक्दिँन। बोल्नु हुँदैन। सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँं,’ गुरुङले भने।
गृहमन्त्री गुरुङले अब संसद्मा निर्मला हत्या प्रकरणमा प्रश्न नगर्न अनुरोध गरे। ‘यो प्रश्न नउठाइ दिन हुन अनुरोध गर्दछु। केही कुरा छ भने व्यक्तिगत रुपमा सोध्नु होला,’ उनले थपे, ‘यो विषय सदनमा बारम्बार कोट्याउन हुँदैन।’
सम्पादकज्यू पंचायत, प्रजातन्त्र, गणतन्त्र जुन तन्त्र आए पनि प्रहरीका तल्लो तहका जवानमाथि हुने थिचोमिचो र अन्याय उस्तै छ । यस्तै थिचोमिचो हुने ठाउँ हो, काठमाडौं...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका १० जना प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । आज नेपाल प्रहरी प्रधान कार्यालयमा प्राविधिक...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् । हङकङमा रहेका देउवा २६ गते स्वदेश फर्किने तय भएको उनीनिकट...
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीसम्बन्धी ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन्...
काठमाडौँ। महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा निश्चित सीमाभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थाले अब अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend