Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • भारतीय सेना प्रमुख सेठ नेपाल आउँदै


    बिहिबार, साउन २१ २०८३
    460
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ यही साउन ३१ गते (अगस्ट १६) नेपालको भ्रमणमा आउने भएका छन्।

    नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि उनी साउन ३१ गते काठमाडौँ आइपुग्ने भएका हुन्।

    गत असार १५ (जुन ३०)मा भारतीय सेनाको ३१औँ सेना प्रमुख बनेका जनरल सेठ नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आउन लागेका हुन्।

    भ्रमणका क्रममा उनलाई नेपाली सेनाको मानार्थ महारथी ९जनरल० को दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार