Nepal Face
  • बिहिबार, २१ साउन २०८३
  • ग्वार्कोस्थित फ्लाई ओभरको भित्तामा बस ठोकिँदा १ जनाको मृत्यु, १७ जना घाइते 


    बिहिबार, साउन २१ २०८३
    210
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको भित्तामा बस ठोकिँदा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा अन्य १७ जना यात्रु घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरको एसपी गौतम मिश्रले जानकारी दिए।

    एसपी मिश्रका अनुसार अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको छ । बिहीबार बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको हो ।

    एसपी मिश्रका अनुसार बा२ख ३५९० नम्बरको बस दुर्घटनामा परेको हो ।

    घाइते ९ जनालाई उपचारको लागि बीएन्डबी अस्पताल ग्वार्को र ७ जनाको ग्लोबल अस्पतालमा उपचार भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार