Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन


    बुधबार, साउन २० २०८३
    300
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका समस्या समाधानका निम्ति द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।

    उपभोक्तालाई झन्झटरहित रूपमा ग्यासको व्यवस्था गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिको संलग्नतामा टोली गठन गरिएको हो ।

    टोलीले आजदेखि नै कार्य प्रारम्भ गरिसकेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। ग्यासको आयात नियमित भइरहेको जनाउँदै निगमले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आपूर्तिमा समस्या भएको स्वीकार गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार