Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • प्रदेश सांसदलाई राप्रपाको निर्देशन- पार्टीको निर्देशनबिना सत्ता केन्द्रित गतिविधिमा संलग्न नहुनुस्


    बुधबार, साउन २० २०८३
    345
    Shares
    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार साँझ केन्द्रीय कार्यलयमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलसँग भएको भेटबारे सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै। तस्बिर : हरिराम भेटुवाल/ रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौंं । राप्रपाले प्रदेश सरकार निर्माणको गणितीय चलखेलमा नलाग्ने निर्णय गरेको छ। आज बसेको कार्यसम्पादन समिति बैठकले सत्ताको चलखेलमा राप्रपा सामेल नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

    उनले भने– प्रदेश सरकारहरू अहिले पनि कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरुन् भन्ने हाम्रो धारणा रहेको छ। प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिई उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ।

    प्रदेश सरकारका सम्बन्धमा उपयुक्त समयमा पार्टीको निर्देशन दिने उनले बताए। पार्टीको निर्देशन बिना सत्ता केन्द्रित कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेशको संसदीय दल र प्रदेशसभाका सांसदहरूलाई बैठक निर्देशन दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार