Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • ४ हजार २ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    बुधबार, साउन २० २०८३
    505
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँ र चाँदी ९५ रुपैयाँले बढेको हो।

    महासंघका अनुसार मूल्य वृद्धि भएसँगै प्रतितोला सुनको भाउ २ लाख ८८ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० पुगेको थियो।

    यसैगरी प्रतितोला चाँदीको मूल्य ४ हजार ४७५ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३८० मा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार