Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त


    बुधबार, साउन २० २०८३
    570
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा.कादिर आलमलाई नियुक्त गरेको छ।

    नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ खाएका छन्।

    परिषद्को अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि आलमले नियुक्ति पाएका हुन्।

    शपथपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै औषधि सेवा, फार्मेसी शिक्षा, पेसागत नियमन तथा जनविश्वास अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएकी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार