काठमाडौँ । श्रम संस्कृति पार्टीले देशको सुरक्षा, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको आज मंगलबारको बैठकमा सांसद हर्कराज राईले देशमा नेपाली सेनाबाहेक अन्य कुनै पनि सेनाको अस्तित्व स्वीकार्य नहुने बताए ।
सांसद राईले पछिल्लो समय विभिन्न नाममा सेना गठन गर्ने र सरकारले उनीहरूसँग वार्ता गर्ने परिपाटीप्रति आपत्ति जनाए । सुनसरी र मधेसका घटनाका सन्दर्भमा चर्चामा आएको हिन्दु सम्राट् सेना प्रति लक्षित गर्दै उनले भने, ‘नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना। यो ठाउँ–ठाउँमा सेना गठन गर्ने छुट कसले दियो रु यस्ता समूहसँग सरकारले वार्ता गर्नु हुँदैन, बरु उनीहरूलाई निषेध गर्नुपर्छ।’
सांसद राईले २०८३ साल साउन ५ गते आफू जनकपुर जाँदा एक समूहले निषेध गर्ने कोसिस गरेको र आफ्ना सहयोगीहरूमाथि कुटपिट भएको घटना संसदमा सुनाए ।
सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्ति अझै पनि संसदको रेकर्डबाट नहटाइएकोमा असन्तुष्टि व्यक्त गरे।
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री कार्यालय...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका रास्वपा सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजेदेखि छलफल जारी छ । समसामयिक...
काठमाडौँ। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । १० साउन राति प्रहरीले चलाएको...
काठमाडौँ । काँग्रेसले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन रणनीतिक विपद् परिचालन टोली (एसआरटी) गठन गरेको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले...
काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडक खण्डमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। मंगलबार बिहान करिब ७:३० बजे इमली...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend