काठमाडौं । सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ । फिक्कल गाउँपालिका–२ नवलपुरबाट सुनकोशी नदीमा कार खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रवीन्द्रबहादुर सिंहले बताए ।
रामेछाप-सिन्धुली-ओखलढुङ्गाको सिमाना लिखु खोला नजिक सडकमा रोकिरहेको उक्त कार बसको ठक्करबाट सुनकोशीमा खसेको थियो ।
प्रहरीका अनुसार उक्त कारका धनी तिलकुमार लामा हुन् । लामा मध्यपहाडी (पुष्पलाल) आयोजनाका ठेकेदार हुन् । उनीसहित कारमा चारजना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरी, जनप्रतिनिधि र स्थानीय घटनास्थलमा खटिए पनि भेलका कारण उद्धार प्रभाावित भएको छ । अहिलेसम्म कोही पनि कारबाट निस्किन नसकेको बताइएको छ ।
काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले सोमबार दिउँसो पक्राउ गरेको हो । कागेश्वरी मनहरा...
काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ । मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुईतर्फ अवरुद्ध बनेको सडक डिभिजन कार्यालय भरतपुरले...
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को नयाँ उपकुलपति नियुक्तिका लागि छनोट तथा सिफारिस समितिले १० जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट)सार्वजनिक गरेको छ। समितिले प्राप्त आवेदनमध्ये...
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी रहेको निषेधाज्ञा सोमबार बिहान १०:०० बजेदेखि पूर्ण रूपमा हटाएको छ। सप्तरीका प्रमुख जिल्ला...
काठमाडौं । विराटनगरको व्यापारिक घराना देवनरा समूहको घर र अफिसमा प्रहरीले छापा मारेको छ । देवनरा समूहको नेतृत्व प्रकाश मुन्दडाले गरिरहेका छन् । अवैध कारोबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend