काठमाडौँ । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा कायम गर्न सामूहिक प्रतिबद्धता जनाइएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा आज धनगढीमा भएको सर्वपक्षीय बैठकमा सरोकार भएकाहरूले सदियौँदेखि मिलेर बसेको समाजमा कुनै प्रकारका अवाञ्छित गतिविधि हुन नदिन मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
बैठकमा राजनीतिक दल, हिन्दु, मुस्लिम, इसाईलगायत धार्मिक तथा सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले आ(आफ्नो क्षेत्रमा सामाजिक सद्भाव तथा सार्वजनिक हितका लागि क्रियाशील रहने बताए ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले पूर्वी नेपाल र तराई(मधेसका केही जिल्लामा धार्मिक सद्भावविरोधी गतिविधि बढिरहेकाले त्यसको प्रभाव पर्न नदिन कैलालीमा उच्च सतर्कता अपनाइएको बताए । उनले सीमा क्षेत्रबाट हुने शंकास्पद गतिविधि र आवतजावत तथा जोखिम हुनसक्ने क्षेत्रमा प्रशासनले निगरानी गरिरहेको जानकारी दिँदै यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
हिन्दु, मुस्लिम र इसाई धर्मका अगुवाहरूले आफ्नो समुदायका व्यक्तिबाट कुनै पनि गलत क्रियाकलाप हुन नदिन आफूहरू सचेत रहेका तथा गलत कार्य गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्नेमा जोड दिए । बैठकले जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा वडाध्यक्षको समन्वयमा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका स्तरमा अन्तरधार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन वा पुनर्गठन गरी प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।
यस्तै, कुनै एउटा धार्मिक समुदायको मात्र प्रतिनिधित्व हुने गरी सकेसम्म धार्मिक सभा, जुलुस वा अन्य कार्यक्रम नगर्ने तथा गर्नै परे पूर्वस्वीकृति लिने, धार्मिक गतिविधिका क्रममा हतियार, लाठी, भालालगायतका सामग्री प्रदर्शन वा प्रयोग नगर्ने र अर्को समुदायको धार्मिक आस्थामा आघात पुग्ने गतिविधि नगर्ने सहमति भएको छ । कुनै व्यक्ति वा संस्थाले धार्मिक समुदायको बदनाम हुने गरी सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रामक, उत्तेजक वा द्वेष फैलाउने सामग्री प्रचार–प्रसार गरे कानुनबमोजिम कारबाही गर्ने बैठकले निर्णय गरेको छ ।
यसैगरी, जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्ने सम्पूर्ण यात्रुलाई अनिवार्य रूपमा परिचय खुल्ने परिचयपत्र देखाएर मात्र प्रवेश गर्न दिने र स्थानीय प्रशासनले सीमामा उच्च निगरानी गर्ने जनाइएको छ ।
यस्तै, कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा शान्ति, सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न राजनीतिक दल, धार्मिक समुदाय, व्यावसायिक संघ-संस्था, सञ्चारकर्मी, बुद्धिजीवी, नागरिक समाज तथा आमनागरिकको सहभागितामा सोमबार नागरिक सद्भाव र्याली आयोजना गर्ने निर्णय गरिएको छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend