Nepal Face
  • आइतबार, १७ साउन २०८३
  • ब्रड पिक हिमपहिरोमा परेका दुई नेपालीसहित थप तीन जनाको शव भेटियो


    आइतबार, साउन १७ २०८३
    85
    Shares
    OLYMPUS DIGITAL CAMERA
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। ब्रड पिकमा गएको हिमपहिरोमा परेका थप तीन जनाको शव पहिचान भएको छ।

    विश्व प्रख्यात आरोही निर्मल पुर्जा (निम्स दाइ)सँगै नीमा शेर्पा, किली पेम्बा शेर्पा (किलु)को शव उद्धार टोलीले फेला पारेको छ। यस्तै, चिनियाँ आरोही ह्याङ झोङको शव पनि उद्धार टोलीले पत्ता लगाएको छ।

    उद्धारकर्ताहरूले थप एउटा शव भएको स्थान पत्ता लगाएको बताइएको छ। त्यो शव भने नेपाली आरोहीहरूको शव भेटिएको स्थानभन्दा अझै माथिल्लो भागमा रहेको जानकारी प्राप्त भएको छ।

    अहिले उद्धारकर्ताहरूले निम्स दाइसहित पहिचान भएका चारवटा शवलाई क्याम्प १ (सी१) मा झार्ने क्रममा रहेको अल्पाइन क्लब अफ पाकिस्तानले जनाएको छ।

    यसअघि उद्धारमा खटिएको टोलीले निम्स दाइको शव ५ हजार ७ सय मिटरमा मृत अवस्थामा फेला पारेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार