काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा १७ वटा उजुरी परेको छ ।
प्राप्त उजुरीका सम्बन्धमा छलफल गर्न समितिले सोमबार बैठक राखेको छ । दिउँसो २ बजे बस्ने बैठकमा प्राप्त उजुरीको विवरणका सम्बन्धमा छलफल हुने समिति सभापति भरतबहादुर खड्काले जानकारी दिए ।
साथै, ती विवरण सांसदहरूलाई वितरण गरिनेछ ।लेखा समितिमा चालु कार्यकालमा १७ वटा उजुरी परेका हुन् ।
संघीय संसद् सचिवालयले संसदीय समितिहरूमा पर्ने उजुरीमा एकद्वार प्रणाली लागु गर्दैछ । यसो गर्दा एउटै उजुरी एक भन्दा बढी समितिमा नपर्ने र जुन संसदीय समितिसँग सम्बन्धित विषय हो सोही समितिले मात्रै प्राप्त उजुरी हेर्ने गरी एकद्धार प्रणाली लागु गरिँदैछ ।
यस अगाडि सम्बन्धित समितिमा के कस्ता उजुरी रहेका छन् भनेर सम्बन्धित समितिहरूले छलफल गर्दैछन् । यस अन्तर्गत लेखा समितिले पनि समितिमा प्राप्त उजुरीबारे छलफल गर्न लागेको हो ।
प्राप्त उजुरीको गाम्भीर्यता हेरेर कसरी अगाडि बढने भन्ने विषयमा समितिमा छलफल हुनेछ । त्यसआधारमा उजुरीहरू उपरकोक कामकारबाही के हुने भनेर तय हुनेछ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend