Nepal Face
  • शनिबार, १६ साउन २०८३
  • विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा रहेनन्


    शनिबार, साउन १६ २०८३
    40
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ ।

    आरोहण कम्पनी इलाइट एक्सपेडले शनिबार फेसबुकमार्फत् पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाको मृत्यु भएको आधिकारिक पुष्टि गरेको हो ।

    चीनको सीमासँग जोडिएको ब्रड पिकमा १० सदस्यीय टोली ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, नेपालका पुरबहादुर गुरुङ, अमेरिकी आरोही म्यालोरी गेइस, नेपालका निर्मल पुर्जा ९निम्सदाइ०, किली पेम्बा शेर्पा, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा, पाकिस्तानका सोहेल साखी र चीनका वाङ झोङ आरोहण गर्न हिडेका थिए ।

    बिहीबार ८,०४७ मिटर अग्लो ब्रोड पिकको शिखरतर्फ करिब ६,६०० मिटर उचाइमा उक्लिरहेका बेला टोली हिमपहिरोमा परेको थियो ।

    टोलीसँग अन्तिम सम्पर्क बिहीबार बिहान भएको थियो। त्यसै दिन साँझ शक्तिशाली हिमपहिरो आएको खबर सार्वजनिक भएको थियो ।

    पाकिस्तान अल्पाइन क्लबकी प्रतिनिधि नाइला कियानीका अनुसार आरोहीहरूको ट्र्याकिङ उपकरणबाट प्राप्त तथ्यांकले उनीहरू हिमपहिरोले सयौं मिटर तलसम्म बगाएको देखाएको छ ।

    यसअघि शुक्रबार ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पुर्जाका आरोहण सहयोगी पुरबहादुर गुरुङ (युक्ता) र अमेरिकी आरोही म्यालोरी गेइसको शव फेला परेपछि हेलिकप्टरमार्फत स्कर्दु लगिएको थियो ।

    शुक्रबार पाकिस्तानको अल्पाइन क्लबले ड्रोनमार्फत केही आरोहीहरू देखिएको जनाएको थियो।
    त्यसपछि शनिबार बिहान मिङ्मा ग्याल्जे शेर्पा (मिङ्मा जी) र सिरबाज खानको नेतृत्वमा गएको उद्धार टोलीले घटनास्थल पुगेर मृतकहरूको पहिचान गरेको हो ।

    पूर्व ब्रिटिस गोर्खा सैनिकसमेत रहेका पुर्जाले सन २०१९ मा ६ महिना ६ दिनमै विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।

    ब्रड पिकलाई आरोहीहरूका लागि चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ। यसको पहिलो सफल आरोहण सन १९५७ मा भएको थियो। त्यतिबेला अस्ट्रियाली आरोहण टोलीले यसको शिखरमा पाइला राखेको थियो । त्यसयता धेरै आरोहीले ब्रड पिकको सफल आरोहण गरे पनि दर्जनौँ आरोहीले यस हिमालमा ज्यान पनि गुमाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार