Nepal Face
  • शुक्रबार, १५ साउन २०८३
  • आठ डीएसपीको काजसरुवा, बौद्ध बृत्तमा महरा, रोक्का तानिए


    शुक्रबार, साउन १५ २०८३
    635
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ १० डीएसपीको काजसरुवा गरेको छ ।

    प्रहरी वृत्त बौद्धमा डीएसपी मदनजीत महरालाई काजसरुवा गरिएको छ । बौद्धका डीएसपी सन्तोष रोकायालाई जिल्ला प्रहरी परिसर काठमाडौं तानिएको छ ।

    भोजपुर डीएसपीमा ज्ञानबहादुर खड्का र पोखराको बैदाममा सूर्यबहादुर बोगटीलाई खटाइएको छ । बौद्ध बृत्त र बैदाम प्रहरी कार्यालय डीएसपीका लागि आकर्षक मानिन्छन् ।

    डीएसपी यशोधा घले ललितपुरको बाडेगाउँ गएकी छन् । महोत्तरीको गौशालामा डीएसपी मधुसूदन विश्वकर्मा, इप्रका हरिवन, सर्लाहीमा सुरेन्द्रविक्रम बर्तौला र सिराहाको गोलबजारमा दीपक कडेलले जिम्मेवारीबाट सम्हालेका छन् ।

    स्रोतका अनुसार बौद्ध बृत्तका डीएसपी रोकायामाथि आर्थिक अनियमिततासम्बन्धी गुनासोका आधारमा तानिएको बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार