Nepal Face
  • शुक्रबार, १५ साउन २०८३
  • देवानगञ्ज घटना: मृतकका परिवारलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय


    शुक्रबार, साउन १५ २०८३
    25
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

    सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार उक्त घटनामा ज्यान गुमाएकाका परिवारलाई राहतस्वरूप जनही दुई लाख उपलब्ध गराउने निर्णय भएको छ ।

    साथै, घाइते तथा घर, पसललगायतमा आगजनीबाट पीडित परिवारलाई ५० हजार प्रदान गरिने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार