Nepal Face
  • शुक्रबार, १५ साउन २०८३
  • सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरका वरिष्ठ अधिकारीलाई मधेशमा खटाइयो 


    शुक्रबार, साउन १५ २०८३
    95
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । तराई-मधेशका विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्ना वरिष्ठ अधिकृतलाई प्रभावित क्षेत्रमा खटाइएको छ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेका अनुसार कर्फ्यु लागू भएका तथा त्यस आसपासका तराई(मधेशका जिल्लामा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन वरिष्ठ प्रहरी अधिकारीहरू खटाइएको हो।

    उनले सम्बन्धित अधिकृतलाई जिम्मेवारी तोक्ने कार्य जारी रहेको जानकारी दिँदै कुन अधिकारीलाई कुन जिल्लामा पठाइएको भन्ने विस्तृत सूची तयारीको चरणमा रहेको बताए।

    सुरक्षा निकायले पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै आवश्यक समन्वय, निगरानी र कमान्डलाई सुदृढ बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च तहका अधिकृतलाई मैदानमा परिचालन गरेको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार