Nepal Face
  • शुक्रबार, १५ साउन २०८३
  • ब्रड पिक हिमाल आरोहणको क्रममा हराएकामध्ये चार जनाको शव भेटियो


    शुक्रबार, साउन १५ २०८३
    40
    Shares
    OLYMPUS DIGITAL CAMERA
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पाकिस्तानको काराकोरम हिमश्रृङ्खलामा पर्ने ब्रड पिक हिमाल आरोहणको क्रममा हिमपहिरोमा परेका १० आरोहीमध्ये चार जनाको शव फेला परेको छ।

    सीएनएनले पाकिस्तानको अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अर्शद खानलाई उदृत गर्दै हालसम्म उद्धार टोलीले चार जनाको शव फेला पारेको उल्लेख गरेको छ। तर, शवको पहिचान हुन बाँकी छ।

    बेपत्ता टोलीमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित ६ जना, अमेरिकी नागरिक म्यालोरी गाइस, साथै ओमान र पाकिस्तानका पर्वतारोही छन्।

    अल्पाइन क्लबका महासचिव अयाज अहमद शिग्रीले चार जना पर्वतारोहीको सम्भावित स्थान जीपीएसमार्फत देखिएको बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार