Nepal Face
  • शुक्रबार, १५ साउन २०८३
  • कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु


    शुक्रबार, साउन १५ २०८३
    85
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ ।

    कुवेतमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका ४४ वर्षीय सोम कुमार तामाङको उक्त आक्रमणमा परी निधन भएको हो ।

    कुवेतस्थित नेपाली राजदूतावासका अनुसार बिहीबार भएको ड्रोन आक्रमणमा तामाङको ज्यान गएको हो । यस घटनाका बारेमा कुवेतको परराष्ट्र मन्त्रालयले दूतावासलाई आधिकारिक जानकारी गराएको छ ।

    राजदूतावासले आज एक विज्ञप्ति जारी गर्दै मृतकको शव कानुनी प्रक्रिया पूरा गरी यथाशीघ्र नेपाल पठाउन आवस्यक समन्वय र सहकार्य भइरहेको जनाएको छ ।

    पछिल्लो विकसित परिस्थितिलाई ध्यानमा राख्दै राजदूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

    दूतावासले कुवेत सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी मापदण्डहरू पूर्ण रूपमा पालना गर्न र संयमित भई सुरक्षित स्थानमा रहन अपिल गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार