काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा यहि साउन दश गते भएको घटना भएको मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच गएराति ७ बुँदे सम्झौता भएको छ।
गृह मन्त्रालयका अनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र परिवारलाई १०र१० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेको सहमति पत्रमा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया तत्काल अघि बढाइने उल्लेख छ। प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा गठित छानबिन समितिको प्रतिवेदनमा समेटिएका सुझाव र सिफारिसहरू कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गर्ने दुवै पक्ष सहमति भएको छ।
देवानगञ्ज गाउँपालिका(३, स्थित मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयहरुबारे आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने गृहमन्त्री गुरुङले प्रतिबद्धता जनाएका छन्।

काठमाडौँ। पाकिस्तानको काराकोरम हिमश्रृङ्खलामा पर्ने ब्रड पिक हिमाल आरोहणको क्रममा हिमपहिरोमा परेका १० आरोहीमध्ये चार जनाको शव फेला परेको छ। सीएनएनले पाकिस्तानको अल्पाइन क्लब अफ...
काठमाडौँ । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । कुवेतमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका ४४ वर्षीय...
काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका धार्मिक तनावका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सबै नागरिकलाई संयमता र आपसी सद्भाव कायम राख्न...
काठमाडौं । राजविराज क्षेत्रमा सप्तरी जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । बिहीबार राति १० बजेदेखि बोदेबरसाईन क्षेत्रमा कर्फ्यु जारी गरेको...
सुनसरी । गृहमन्त्री सुधन गुरुङले सुनसरीमा भएको पछिल्लो द्वन्द्व र झडपको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् । सुनसरीमा पुगेका उनले घाइते र मृतक परिवारलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend