सुनसरी । गृहमन्त्री सुधन गुरुङले सुनसरीमा भएको पछिल्लो द्वन्द्व र झडपको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् ।
सुनसरीमा पुगेका उनले घाइते र मृतक परिवारलाई भेटेपछि नागरिकको सुरक्षा र न्यायका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
गृहमन्त्रीले वर्तमान सरकारप्रति जनताको ठूलो आशा रहेको र नागरिकका मागहरू जायज भएको बताए ।
‘पहिला धेरै पटक माग गर्दा पूरा नभएको र छानबिन पनि निष्पक्ष नभएको गुनासो थियो, तर यसपालि त्यस्तो हुँदैन । हामीलाई भोट दिएर पठाउने नागरिकलाई निराश बनाउने काम हाम्रो तर्फबाट हुने छैन,’ उनले भने ।
विगतदेखि नै दर्ताविना ठूलो लगानीमा मस्जिद र मदरसाहरू बनेको तर सरकारले निगरानी नगरेको भन्ने स्थानीयको प्रश्नमा गृहमन्त्री गुरुङले भने, ‘हामी सरकारमा आएको भर्खर तीन महिना भयो । पहिला के भयो र कसले निगरानी गरेन, त्यो पुरानो भारी हामी अहिले बोक्न सक्दैनौँ । तर अबका दिनमा यस्ता कुरामा सरकारले ध्यान दिनेछ ।’
घटना भएको पाँच दिनपछि मात्रै किन आएको भन्ने प्रश्नमा उनले सुरक्षा व्यवस्थापनका कारण केही समय लागेको बताए ।
सुरक्षा निकायलाई थप उत्तरदायी बनाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारले योजना बनाएर काम सुरु गरिसकेको जानकारी पनि उनले दिए ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend