Nepal Face
  • शुक्रबार, १५ साउन २०८३
  • सुनसरी पुगेर गृहमन्त्रीले भने- नागरिकलाई निराश बनाउँदैनौं, निष्पक्ष छानबिन हुन्छ


    शुक्रबार, साउन १५ २०८३
    35
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सुनसरी । गृहमन्त्री सुधन गुरुङले सुनसरीमा भएको पछिल्लो द्वन्द्व र झडपको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

    सुनसरीमा पुगेका उनले घाइते र मृतक परिवारलाई भेटेपछि नागरिकको सुरक्षा र न्यायका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

    गृहमन्त्रीले वर्तमान सरकारप्रति जनताको ठूलो आशा रहेको र नागरिकका मागहरू जायज भएको बताए ।

    ‘पहिला धेरै पटक माग गर्दा पूरा नभएको र छानबिन पनि निष्पक्ष नभएको गुनासो थियो, तर यसपालि त्यस्तो हुँदैन । हामीलाई भोट दिएर पठाउने नागरिकलाई निराश बनाउने काम हाम्रो तर्फबाट हुने छैन,’ उनले भने ।

    विगतदेखि नै दर्ताविना ठूलो लगानीमा मस्जिद र मदरसाहरू बनेको तर सरकारले निगरानी नगरेको भन्ने स्थानीयको प्रश्नमा गृहमन्त्री गुरुङले भने, ‘हामी सरकारमा आएको भर्खर तीन महिना भयो । पहिला के भयो र कसले निगरानी गरेन, त्यो पुरानो भारी हामी अहिले बोक्न सक्दैनौँ । तर अबका दिनमा यस्ता कुरामा सरकारले ध्यान दिनेछ ।’

    घटना भएको पाँच दिनपछि मात्रै किन आएको भन्ने प्रश्नमा उनले सुरक्षा व्यवस्थापनका कारण केही समय लागेको बताए ।

    सुरक्षा निकायलाई थप उत्तरदायी बनाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारले योजना बनाएर काम सुरु गरिसकेको जानकारी पनि उनले दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार