Nepal Face
  • बिहिबार, १४ साउन २०८३
  • राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त


    बिहिबार, साउन १४ २०८३
    135
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त नियुक्त गरेका छन् ।

    राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको हो ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार ओखलढुङ्गाका गुरुप्रसाद वाग्ले र काठमाडौँका डा राजीव सुब्बालाई निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार