काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ आजै सुनसरी जाँदैछन् । उनले सुनसरी पुगेर सुनसरी घटनामा ज्यान गुमाएका दुवै व्यक्तिको परिवारलाई भेट्ने भएका छन् ।
मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्नेछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गुरुङसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि सुनसरी जानेछिन् । सुनसरी मन्त्री मेहताको गृहजिल्ला हो ।
केहीबेरअघि तराईका घटनाका विषयमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरुङबीच छलफल भएको थियो । उक्त छलफलपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका(३ स्थित कप्तानगञ्ज जान लागेका हुन् ।
काठमाडौं । सुनसरीको देवानगंजमा बोलबम यात्राका क्रममा दुई समुदायबीच झडप भई २ जनाको मृत्यु भएको तीन दिनपछि प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गरेका...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालको...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशवासीका नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बिहीबार साँझ सम्बोधन गर्ने तयारी भइरहेको भए पनि...
सिरहा । सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, सिरहाले जारी गरेको विज्ञप्ति अनुसार दिउँसो ४ बजेदेखि अर्को सूचना...
काठमाडौँ । प्रदर्शनका कारण जनकपुरको स्थिति तनावग्रस्त बनेको छ। यही साउन १० गते सुनसरीमा भएको घटनाबाट प्रभावित हुदैँ जनकपुरमा आज बिहान देखि स्थानीयले प्रदर्शन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend