Nepal Face
  • बिहिबार, १४ साउन २०८३
  • सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यू आदेश जारी 


    बिहिबार, साउन १४ २०८३
    95
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिरहा । सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यू आदेश जारी भएको छ ।

    जिल्ला प्रशासन कार्यालय, सिरहाले जारी गरेको विज्ञप्ति अनुसार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी भएको हो ।

    यसअघि पूर्व–पश्चिम राजमार्गको पूर्व तर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ गोलबजार–६ सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ को क्षेत्रमा कर्फ्यू जारी गरिएको थियो ।

    प्रशासनले अर्को सूचना जारी गर्दै लहान क्षेत्रमा पनि कर्फ्यू आदेश जारी भएको जनाएको छ।

    प्रशासनका अनुसार लहान नगरपालिकाको पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वति खोला ९बाटिका होटल पश्चिम० सम्म र दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गको ५०० मिटर क्षेत्रसम्म वरिपरिको क्षेत्रमा कर्फ्यू लगाइएको बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार