Nepal Face
  • बिहिबार, १४ साउन २०८३
  • देवानगन्जमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो 


    बिहिबार, साउन १४ २०८३
    135
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको पनि उपचारकै क्रममा मृत्यु भएको छ । यससँगै देवानगन्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

    विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेका देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो १ स्२४ बजे मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । गोली लाग्दा जयप्रकाशको पेटमा गम्भीर चोट लागेर आन्द्रा बाहिर निस्किएको थियो ।

    उनको सोमबार शल्यक्रिया गरिएको भए पनि अवस्था सुधार हुन नसकेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव अस्पतालमै राखिएको छ ।

    आइतबार राति कप्तानगन्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो । घटनामा घाइते भएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही राति उपचारका लागि न्युरो अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार