काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुरक्षा परिषद बैठक आव्हान गरेका छन् । परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शाहले आज बिहान साढे ११ बजे बस्ने बस्नेगरी बैठक आह्वान गरेका हुन् ।
सो बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षा अवस्थाबारे छलफल हुने छ । नेपालको संविधान भाग २८ मा भएको व्यवस्था अनुसार राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहन्छन् । परिषदमा रक्षा सचिवले सदस्य सचिवको रुपमा काम गर्छन् ।
परिषदले नेपाली सेनाको परिचालन वा नियन्त्रण सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्ने, नेपाली सेनाको सुदृढीकरण एवम् आधुनिकीकरण गर्न आवश्यक कार्ययोजना तयार गर्ने, सुरक्षा निकायको लागि चाहिने हातहतियार, उपकरण र तिनीहरुको मापदण्ड सम्बन्धी नीति तर्जुमा गर्ने, मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्ने र राष्ट्रिय हित, सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा नेपाल सरकारलाई राय सल्लाह दिने काम गर्दछ ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend