काठमाडौँ । नेकपा (एमाले) ले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग सम्बोधन गर्न सरकारलाई तत्काल संवादको पहल गर्न आग्रह गरेको छ ।
चिकित्सकहरूको आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित भइरहेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै एमालेले सरकारको भूमिका प्रभावकारी नभएको टिप्पणी गरेको हो ।
एमालेले सार्वजनिक गरेको विज्ञप्तिमा स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील विषयमा देखिएको असहज परिस्थितिलाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गर्दै सरकारलाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरिएको छ ।
पार्टीले चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशागत अधिकार र कार्यस्थल सुरक्षाको सुनिश्चितता गर्नुपर्ने माग राखेको छ । स्वास्थ्य सेवा नियमित बनाउन तथा समस्या समाधानका लागि आन्दोलनरत पक्षसँग वार्ता र सहमतिका माध्यमबाट अघि बढ्नुपर्ने एमालेको सुझाव छ ।
एमालेले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा दीर्घकालीन समाधान खोज्न सरकार, स्वास्थ्यकर्मी र सम्बन्धित पक्षबीच समन्वय आवश्यक रहेको जनाएको छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend