काठमाडौँ । सभामुख डीपी अर्यालले सरकार तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्।
सभामुख अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह, नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा, विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग छुट्टाछुट्टै छलफल गरेका हुन्।
भेटका क्रममा प्रतिनिधि सभाको कामकारबाहीलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
संसद्को बैठक सञ्चालन, सहकार्य र समन्वयलाई प्रभावकारी बनाउने विषयमा सभामुखले राजनीतिक दलका नेताहरूसँग सुझाव तथा धारणा आदान(प्रदान गरेको जनाइएको छ।
यसअघि सभामुख अर्यालले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग समेत छलफल गरेका थिए। संसद्को आगामी गतिविधिलाई सहज र मर्यादित रूपमा अघि बढाउने उद्देश्यले उनले राजनीतिक दलहरूसँग निरन्तर संवादलाई प्राथमिकता दिइरहेका छन्।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend