काठमाडौँ । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले सरकारबाट प्राप्त हुने बजेट र आयोगको आन्तरिक स्रोतलाई समेटेर उक्त कार्यक्रम स्वीकृत गरेको हो।
आयोगका अनुसार चालु आर्थिक वर्षका लागि नेपाल सरकारबाट ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ र आयोगको आन्तरिक स्रोतबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ परिचालन गर्ने निर्णय गरिएको छ।
बैठकले आयोगको आन्तरिक स्रोतमा अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म रहेको बचत तथा चालु आवमा प्राप्त हुने अनुमानित आम्दानीमध्ये आवश्यक रकम उपयोग गर्ने निर्णय गरेको जनाएको छ। आयोगको आन्तरिक स्रोततर्फ गत असार मसान्तसम्म ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ बचत रहेको र चालु वर्षमा थप ३५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।
उक्त आन्तरिक स्रोतबाट चालु आर्थिक वर्षमा ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय भएको आयोगले जनाएको छ।
स्वीकृत बजेटमध्ये आन्तरिक स्रोततर्फ चालु खर्चका लागि ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ ८ करोड ६२ लाख रुपैयाँ छुट्याइएको छ।
बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा.डा. देवेन्द्रबहादुर खत्री तथा सदस्य सचिव एवं सहसचिव बसन्तप्रसाद कोइरालालगायतको सहभागिता रहेको थियो।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend