Nepal Face
  • बुधबार, १३ साउन २०८३
  • निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु


    बुधबार, साउन १३ २०८३
    40
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा सेफ्टी ट्यांकीभित्र फसेर तीन जना मजदुरको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार, बुधबार बिहान ९ बजेको समयमा दया प्रसाद थारुको घरको आँगनमा बनाउँदै गरेको सेफ्टी ट्यांकीमा तीन जना मजदुर फसेका थिए ।

    लगत्तै खटिएको टोलीले सेफ्टी ट्यांकी फुटाएर हेर्ने क्रममा तीन जना नै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    मृत भेटिनेहरूमा कोहलपुर नगरपालिका–३ का अन्दाजी ४०/४२ वर्षीय कालु थारू, सोही ठाउँका अन्दाजी २६/२७ वर्षीय प्रकाश थारू र सोही ठाउँका अन्दाजी ३३/३४ वर्षीय बिर्जा थारू रहेका छन् ।

    उनीहरूको शव भेरी अस्पताल नेपालगञ्ज ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार