काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक बसेको छ।
सिंहदरबारमा जारी बैठकमा रास्वपा सभापति लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा उपसभापति एवम् अर्थमन्त्री स्वर्णिम वाग्ले,राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई, जनमतका अध्यक्ष सिके राउत, लगायतका मधेस केन्द्रित दलका नेता र सांसदहरूलाई सहभागी छन्।
रास्वपाको आह्वानमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ भने सहभागी भएका छैनन् ।
सुनसरी घटनापछि विकसित घटनाका क्रमका बारेमा छलफल गर्न सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन्। सुनसरीको घटनापछि सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश दिन सर्वदलीय छलफल आयोजना गरिएको हो ।
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा सेफ्टी ट्यांकीभित्र फसेर तीन जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, बुधबार बिहान ९ बजेको समयमा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको हो । चितवनमा सम्पन्न...
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री शाहले बुधबार अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक...
काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूले सुनसरी घटनाको शान्तिपूर्ण रुपमा संवादबाट समाधान गर्न अपिल गरेका छन् । सर्वदलीय बैठकपछि जारी वक्तव्यमा उनीहरुले लोकतान्त्रिक...
काठमाडौँ। झण्डै दुई अर्ब रुपैयाँ बराबरको हुण्डी कारोबारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एक जनालाई पक्राउ गरेको छ। ब्युरोका प्रवक्ता एसएसपी अनुपम शमशेर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend