काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा व्यापार तथा पूर्वाधार क्षेत्र हेर्ने सल्लाहकारका रूपमा चितवनका विवेक राज कँडेललाई नियुक्त गरेका छन्।
मन्त्रालयका अनुसार कँडेलले विशिष्ट श्रेणीको सल्लाहकारको जिम्मेवारी सम्हाल्दै नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, ऊर्जा नीति निर्माण, आन्तरिक ऊर्जा क्षेत्रको सुधार तथा निजी लगानी प्रवर्द्धनका विषयमा रणनीतिक सुझाव दिनेछन्।
उनले ऊर्जा व्यापार विस्तार, क्षेत्रीय ऊर्जा बजारसँग नेपालको समन्वय तथा ऊर्जा पूर्वाधार विकासलाई प्रभावकारी बनाउने कार्यमा समेत परामर्शदाताको भूमिका निर्वाह गर्ने बताइएको छ।
कँडेलले त्रिभुवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ अध्ययन गरेका छन्। उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयअन्तर्गत केनेडी स्कुल अफ गभर्मेन्टबाट जलवायु, ऊर्जा रूपान्तरण र नेतृत्वसम्बन्धी विशेषज्ञतासहित सार्वजनिक प्रशासनमा स्नातकोत्तर ९एमपीए० गरेका छन्। साथै, नेदरल्यान्ड्सस्थित युनिभर्सिटी अफ टुवान्टेबाट ऊर्जा व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई भारतले भ्रमणका लागि निम्तो पठाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निम्त्याएको बताएका छन्।...
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले दाबी पेस गरेका छन् । उनले मंगलबार बेलुका प्रदेश प्रमुखको...
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक भोलि साउन १३ गते...
काठमाडौं । एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न रहेको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय...
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार उनको आज उपचारका क्रममा निधन भएको हो । पूर्वउपसभापति...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend