काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा आगामी बिहीबार बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची र तयारीका विषयमा केन्द्रित रहेर छलफल भइरहेको जनाइएको छ।
लामो समयको अन्तरालपछि प्रतिनिधि सभाको बैठक बस्न लागेकाले बैठक सञ्चालनलाई प्रभावकारी बनाउने, दलहरूबीच समन्वय कायम गर्ने तथा आवश्यक संसदीय प्रक्रियाबारे छलफल गर्न सभामुखले दलका प्रतिनिधिहरूसँग संवाद गरेका हुन्।
सभामुखको सचिवालयका अनुसार बैठक व्यवस्थापन र संसदीय गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने विषयमा छलफल भइरहेको छ।
काठमाडौं । सरकारले आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले मुख्य मुख्य निर्णयहरू बैठकलगत्तै सार्वजनिक गरेका हुन्...
काठमाडौँ । नेपाल प्रहरीले पर्सा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईलाई दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत रहेका भट्टराईलाई पर्सा सरुवा...
काठमाडौँ । सभामुख डीपी अर्यालले सरकार तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्। सभामुख अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह, नेकपा (एमाले) का संसदीय दलका...
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिएका छन् । मुख्यमन्त्री शाहीले बुधबार वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहकाबीच प्रदेश प्रमुख यज्ञराज...
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको वार्षिक कार्यक्रम तथा बजेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend