काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा ट्रक र स्कुटर ठक्कर खाँदा भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
चन्द्रागिरी नगरपालिका–१५ तीनथाना चोकस्थित सडकमा बा.प्र.०२–०३८ प ९८९७ नम्बरको स्कुटर र लु. १ क ४२५६ नम्बरको मिनि ट्रक एक–आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।
सोमबार बिहान भएको सो दुर्घटनामा परेर स्कुटरमा सवार दुई जनाको मृत्यु भएको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
मृत्यु हुनेहरूमा स्कुटर चालक सोही नगरपालिका–१२ हरीयाली बस्ने ४० वर्षीय दिपक नेपाल र स्कुटरमा सवार सोही नगरपालिका–१४ बस्ने ५६ वर्षीया शुभद्रा कुमारी नेपाल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डबि अस्पताल ग्वार्को ललितपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मिनि ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend