Nepal Face
  • मंगलबार, १२ साउन २०८३
  • सुनसरी घटना: सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन


    सोमबार, साउन ११ २०८३
    195
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु र १६ जना घाइते भएको घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।

    गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बिहान ९ बजे बसेको बैठकले घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको गृह मन्त्रालय प्रशासन स्रोतले जानकारी दिएको छ ।

    समितिका अन्य सदस्य र प्रतिवेदन पेस गर्ने समयसीमाबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

    यस्तै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन र समस्याको दीर्घकालीन समाधान खोज्न सोमबार साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ। बैठकमा घटनाको सुरक्षा व्यवस्थापन, सम्भावित जोखिम तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ।

    आइतबार राति देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाएका थिए। गोली लागेर गम्भीर घाइते भएका स्थानीय ओमप्रकाश मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार