काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप भएपछि गृहमन्त्री सुधन गुरुङले घटनाबारे सुरक्षा प्रमुखहरूसँग छलफल थालेका छन् ।
सिंहदरबारमा गृहमन्त्री गुरुङले गृहसचिव राजकुमार श्रेष्ठ, आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका प्रमुख नारायदत्त पौडेलसँग छलफल गरेका हुन् । गृह मन्त्रालयका एक जना उच्च अधिकृतका अनुसार घटनाबारे गृहमन्त्रीले सुरक्षा प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् ।
गएराति दुई समुदायको बिचमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहताको मृत्यु भएको हो । हिन्दु समुदायले मन्दिरमा ठुलो स्वरमा डिजे बजाएको र त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झन्डा हटाएर हिन्दुको झन्डा राखेको विषयमा विवाद थप चर्किएको सुरक्षा अधिकारीहरू बताउँछन् ।
झडप सुरु भएपछि प्रहरीले ३ राउन्ड र सशस्त्रले ७ राउन्ड हवाई फायर गरेको सुरक्षाकर्मीहरूले दाबी गरेका छन् । झडपमा प्रहरीका इन्स्पेक्टर राकेश राईसहित १० जना प्रहरी र ५ जना सशस्त्रका सुरक्षाकर्मी र ९ जना स्थानीय घाइते भएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव अधिकारीले घटनास्थलमा सशस्त्रले २० राउन्ड फायर गरेको बताएका छन् ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend