काठमाडौँ । गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आलोचनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्ताले क्षमा मागेका छन्।
सिरहा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गुप्ताले सामाजिक सञ्जालमार्फत उक्त गतिविधिबाट ट्राफिक नियम उल्लङ्घन भएको आफूले महसुस गरेको बताएका हुन्।
बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झना ताजा भएको र खुसीको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको उनको भनाइ छ।
‘त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैँ महसुस गरेको छु,’ गुप्ताले लेखेका छन्।
उनले अब आफ्नो जोश र ऊर्जा देश तथा जनताको हितमा समर्पित गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। ‘मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु,’ उनले भनेका छन्।
गुप्ता गुडिरहेको मोटरसाइकलको पछाडिको भागमा हेल्मेट नलगाई उभिएको र मोबाइल चलाइरहेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो। सार्वजनिक पदमा रहेका व्यक्तिले नै सडक सुरक्षा र ट्राफिक नियमको बेवास्ता गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीमाथि प्रश्न उठाएका थिए।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend