Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • गगन थापालाई प्रधानमन्त्री बनाएर देशलाई बदल्ने सङ्कल्प गरेर हिँडेका छौँ: उपसभापति शर्मा


    बिहिबार, साउन ७ २०८३
    290
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैको आलोचना गरेर गन्तव्यमा पुग्न नसक्ने बताएका छन्। हिजो इतर पक्षले बिपी कोइरालाको स्मृति दिवसको अवसरमा कार्यक्रम राखेर पार्टी नेतृत्वको चर्को आलोचन गरेको थियो।

    त्यसबारे उनले भने, ‘कसैले कतै भेला भएर एकदमै धेरै आलोचना गर्नुभयो भनेर त्यतातिर ढुङ्गा हानी राखेर हामी गन्तव्यमा पुग्न सक्दैनौँ। मनाउनु छ बिपी कोइरालाको पुण्यतिथि, बिपीकै कुरा गरौँ। बिपीको विचार र संस्कारको।’

    २१ औँ शताब्दीको युवाको भावनासँग बिपीको विचारलाई एकाकार गरेर समुन्नतिको गन्तव्य खोज्ने सङ्कल्प गर्नुपर्ने बताए।

    उनले थपे, ‘बिपी कोइरालाले एक पटक भन्नुभएको रहेछ कि क्रान्तिलाई प्राणको आहुति त चाहिन्छ तर त्यो भन्दा बढी क्रान्तिलाई शिक्षक चाहिन्छ। आज नेपाली कांग्रेस पार्टी हामी पछिल्लो समय विशेष महाधिवेशनबाट गगन थापालाई कांग्रेसको सभापति र सिङ्गो देशको नेता बनाउने, प्रधानमन्त्री बनाएर देशलाई दशकमा बदल्ने सङ्कल्प गरेर हिँडेका छौँ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार