काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेले काठमाडौंको गोकर्णेश्वर क्षेत्रका बासिन्दाले खानेपानी नपाए मेलम्चीको पानी वितरणमा अवरोध गर्ने चेतावनी दिएका छन् ।
संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले खानेपानी वितरणमा कर्मचारीहरूको बदमासी र लापरबाही असह्य भएको भन्दै आक्रोश व्यक्त गरे ।
मेलम्चीको पानी आउने मुख्य क्षेत्रका बासिन्दा नै प्यासी हुनुपर्ने अवस्था आएको भन्दै उनले अब आफू चुप लागेर नबस्ने बताए। सांसद पाण्डेले गोकर्णेश्वरका जनताले पानी नपाए ड्याम नै बन्द गरिदिने र पाइप समेत फुटाइदिने धम्की दिए ।
उनले भने, ‘जनताले खानेपानी नपाउने हो भने त्यहाँको ड्याम हामी बन्द गरिदिन्छौँ, त्यहाँबाट पानी आउन दिँदैनौँ । पाइप रोक्नुपर्ने हो कि फुटाउनुपर्ने हो, त्यो म आफैँ फुटाउनेवाला छु । गोकर्णको पानी गोकर्णकै जनताले खान नपाउने, अनि अन्य भेगमा लैजाने कुरा मलाई स्वीकार्य छैन ।’
पाण्डेले थपे, ‘अस्ति शनिबार जाँदा त्यहाँका बुवाआमाहरू पानी नपाएर रोएको देखेँ । गाग्री बोकेर कति समय पानी खोज्न हिँड्ने रु यो एकदमै संवेदनशील विषय हो ।’
कर्मचारीको कार्यशैलीप्रति कडा प्रहार गर्दै पाण्डेले ‘ब्युरोक्रेसी’ अझै नसुध्रिएको आरोप लगाउनुए । उहाँले केयूकेएलका कर्मचारीहरूले मनलाग्दी ढंगले पानी वितरण गर्ने गरेको र त्यहाँ एउटा ‘नेक्सस’ ९सञ्जाल० सक्रिय रहेको दाबी गरे ।
‘तपाईँहरूको स्टाफको सञ्जाल यस्तो छ कि साध्यै छैन । आफ्नो मन लागेको बेला मन लागेको टोलमा पानी खोलिदिने, मन नलागेको ठाउँमा नखोलिदिने,’ उनले भने, ‘म सांसद जस्तो मान्छेले त त्यति हण्डर खानुपर्छ भने सर्वसाधारण जनताको हालत के होला?’
रास्वपाले ‘रकेट शैली’ मा काम गर्ने बाचा गरेर आएको भए पनि सरकारी संयन्त्र र ब्युरोक्रेसी बाधक बनेको उनको गुनासो थियो ।
‘हामी रकेट शैलीमा काम गर्छौँ भनेर यहाँ आएका हौँ, तर कतै केही चेन्ज छैन,’ पाण्डेले भने ।
उनले आरुबारीमा निर्माणाधीन २ करोड लिटर क्षमताको पानीट्यांकीमा काम रोकिएको र गोकर्णेश्वर नगरपालिकाको १ देखि ९ वडासम्मका जनता सन्तुष्ट नरहेको भन्दै तत्काल अनुगमन र समस्या समाधानका लागि समितिको ध्यानाकर्षण गराए ।
केयूकेएलमा नयाँ आएका नेतृत्वबाट आशा रहेको भन्दै उनले यदि सुधार नभए स्थानीय जनता उठाएर सशक्त प्रतिरोधमा उत्रने चेतावनी दिए ।
काठमाडौं । बारामा प्रहरीको गोली लागेर घाइते भएका युवा आदित्य पासवानलाई काठमाडौँ ल्याइएको छ । शनिवार अस्पताल उद्घाटनको विषयमा बाराको फेटा गाउँपालिकामा झडप हुँदा करिब...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २...
काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend