काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको टेरामक्स प्रबिधि खरिद प्रकरणमा ३ अर्ब २१ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नासाथ बिहीबारबाटै नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत निलम्बनमा परेका छन् । बस्नेत निलम्बनमा पर्ने चौथा सांसद हुन् ।
भ्रष्टाचार मुद्दा दर्ता गर्नासाथ सांसद पद निलम्बन हुने कानुनी ब्यवस्था छ । उनी सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन् । प्रतिनिधिसभाका चार सांसद बिभिन्न काण्डमा निलम्बनमा परेका छन् ।
जीबी राईका सूर्यदर्शन, स्वर्णलक्ष्मी, सुप्रिम लगायतका सहकारीको रकमश गोर्खा मिडियामा लगेर घोटाला गरेकोमा रास्वपा सभापति रवि लामिछानेबिरुद्ध मुद्दा दर्ता भएपछि उनी निलम्बनमा छन् । उच्च अदालत बुटवलको आदेशले उनी थुनामै छन् । रवि चितवन ३ बाट निर्वाचित सांसद हुन् ।
नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा एमालेका सांसद टोपबहादुर रायमाझी पनि थुनामै छन् । उनी अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् ।
छिपछिपे उपभोक्ता सहकारीको १६ करोड ६९ लाख अपचलन आरोपमा राप्रपाकी सांसद गीता बस्नेतविरुद्ध गएको वैशाखमा पक्राउ पूर्जी जारी भएको थियो । फरार उनी संसदमा कहिल्यै उपस्थित भएकी छैनन् । प्रहरीले पक्राउ पनि गरेको छैन । उनी पक्राउ पूर्जी जारी भए पनि निलम्बनमा परेकी छैनन् ।
मनाङबाट निर्वाचित कांग्रेसका सांसद टेकबहादुर गुरुङबिरुद्ध भ्रष्टाचार ठहर भए पनि सर्वोच्च अदालतले अनौठो फैसला गरी निलम्बन फुकुवा गरिदिएको थियो ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend