काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको टेरामक्स प्रबिधि खरिद प्रकरणमा ३ अर्ब २१ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नासाथ बिहीबारबाटै नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत निलम्बनमा परेका छन् । बस्नेत निलम्बनमा पर्ने चौथा सांसद हुन् ।
भ्रष्टाचार मुद्दा दर्ता गर्नासाथ सांसद पद निलम्बन हुने कानुनी ब्यवस्था छ । उनी सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन् । प्रतिनिधिसभाका चार सांसद बिभिन्न काण्डमा निलम्बनमा परेका छन् ।
जीबी राईका सूर्यदर्शन, स्वर्णलक्ष्मी, सुप्रिम लगायतका सहकारीको रकमश गोर्खा मिडियामा लगेर घोटाला गरेकोमा रास्वपा सभापति रवि लामिछानेबिरुद्ध मुद्दा दर्ता भएपछि उनी निलम्बनमा छन् । उच्च अदालत बुटवलको आदेशले उनी थुनामै छन् । रवि चितवन ३ बाट निर्वाचित सांसद हुन् ।
नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा एमालेका सांसद टोपबहादुर रायमाझी पनि थुनामै छन् । उनी अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् ।
छिपछिपे उपभोक्ता सहकारीको १६ करोड ६९ लाख अपचलन आरोपमा राप्रपाकी सांसद गीता बस्नेतविरुद्ध गएको वैशाखमा पक्राउ पूर्जी जारी भएको थियो । फरार उनी संसदमा कहिल्यै उपस्थित भएकी छैनन् । प्रहरीले पक्राउ पनि गरेको छैन । उनी पक्राउ पूर्जी जारी भए पनि निलम्बनमा परेकी छैनन् ।
मनाङबाट निर्वाचित कांग्रेसका सांसद टेकबहादुर गुरुङबिरुद्ध भ्रष्टाचार ठहर भए पनि सर्वोच्च अदालतले अनौठो फैसला गरी निलम्बन फुकुवा गरिदिएको थियो ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend