Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • अजै सुरू हुन सकेन रास्वपाको बन्दसत्र


    सोमबार, असार ८ २०८३
    165
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र निर्धारित समयभन्दा एक घण्टा ढिला हुँदा पनि सुरु भएको छैन

    सत्तारूढ दल रास्वपाको प्रथम महाधिवेशन चितवनमा जारी छ।आज बिहान ८:३० बजे सभापति रवि लामिछाने आएपछि बन्दसत्र थालिने भनिएकामा साढे ९ बजिसक्दा पनि सुरु गरिएको छैन।

    अहिलेसम्म बन्दसत्र हलमा कुर्सी नै मिलाइएको छैन। सभापति लामिछाने पनि बन्दसत्र स्थलमा आइपुगेका छैनन्।

    उनी आइतबार राति प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहसँगै १९ किलोमीटर दुरीमा रहेको एक रिसोर्टमा बसेका थिए।

    यता बन्दसत्र सुरु नहुँदा कुनै पनि प्रक्रिया अघि बढ्न सकेको छैन। केन्द्रीय सदस्यका दाबेदारले फर्म भरेर बुझाउन पाएका छैनन्।

    आइतबार भरतपुरस्थित गेस्टहाउस चौरमा उद्‌घाटन गरिएको रास्वपा महाधिवेशनको बन्दसत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा राखिएको छ।

    जहाँ केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक र आर्थिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

    प्रतिवेदन पारित भएपछि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार