काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधि सभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे उठेका प्रश्नहरूको जवाफ परराष्ट्र मन्त्री शिशिर खनालले दिएका छन्।
संसदमा उठाइएको विवादलाई स्पष्ट पार्दै उनले सरकारको आधिकारिक धारणा प्रस्तुत गरेका हुन्।
प्रधानमन्त्री शाहले जेठ १७ गते संसदमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले भारततर्फ पनि केही स्थानमा भूमि अतिक्रमण भएको उल्लेख गरेका थिए। उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले सदनमै आपत्ति जनाउँदै स्पष्टीकरण माग गरेका थिए।
सोही सन्दर्भमा जवाफ दिँदै परराष्ट्र मन्त्री खनालले नेपाल सरकारले लिपुलेक क्षेत्र हुँदै भारतले मानसरोवर यात्रा सञ्चालन गरेको विषयमा पहिले नै औपचारिक कूटनीतिक धारणा सार्वजनिक गरिसकेको स्पष्ट पारे। उनले यस विषयमा भारतलाई कूटनीतिक नोट पठाइएको र त्यसको उत्तर समेत प्राप्त भएको जानकारी दिए।
मन्त्री खनालका अनुसार नक्सांकन पूरा नभएका केही क्षेत्रमा बाहेक दशगजा क्षेत्रमा अतिक्रमणसम्बन्धी समस्या यथावत् रहेको छ। उनले प्रधानमन्त्रीको अभिव्यक्ति “सीमापार कब्जा” (क्रस बोर्डर अकुपेसन)सँग सम्बन्धित सन्दर्भमा आएको भन्दै त्यसको बचाउ गरे।
सीमा सम्बन्धी सबै विवाद कूटनीतिक संवादमार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। साथै, नेपाल(भारत सीमा विवादमा कुनै तेस्रो पक्षको संलग्नता नरहेको पनि उनले स्पष्ट पारे।
त्यस क्रममा प्रमाण संकलनका क्रममा आवश्यक जानकारी आदान(प्रदानका लागि मात्र अन्य पक्षसँग संवाद भएको उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई त्यसै सन्दर्भमा बुझ्नुपर्ने उनले बताए।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend