काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधि सभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे उठेका प्रश्नहरूको जवाफ परराष्ट्र मन्त्री शिशिर खनालले दिएका छन्।
संसदमा उठाइएको विवादलाई स्पष्ट पार्दै उनले सरकारको आधिकारिक धारणा प्रस्तुत गरेका हुन्।
प्रधानमन्त्री शाहले जेठ १७ गते संसदमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले भारततर्फ पनि केही स्थानमा भूमि अतिक्रमण भएको उल्लेख गरेका थिए। उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले सदनमै आपत्ति जनाउँदै स्पष्टीकरण माग गरेका थिए।
सोही सन्दर्भमा जवाफ दिँदै परराष्ट्र मन्त्री खनालले नेपाल सरकारले लिपुलेक क्षेत्र हुँदै भारतले मानसरोवर यात्रा सञ्चालन गरेको विषयमा पहिले नै औपचारिक कूटनीतिक धारणा सार्वजनिक गरिसकेको स्पष्ट पारे। उनले यस विषयमा भारतलाई कूटनीतिक नोट पठाइएको र त्यसको उत्तर समेत प्राप्त भएको जानकारी दिए।
मन्त्री खनालका अनुसार नक्सांकन पूरा नभएका केही क्षेत्रमा बाहेक दशगजा क्षेत्रमा अतिक्रमणसम्बन्धी समस्या यथावत् रहेको छ। उनले प्रधानमन्त्रीको अभिव्यक्ति “सीमापार कब्जा” (क्रस बोर्डर अकुपेसन)सँग सम्बन्धित सन्दर्भमा आएको भन्दै त्यसको बचाउ गरे।
सीमा सम्बन्धी सबै विवाद कूटनीतिक संवादमार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। साथै, नेपाल(भारत सीमा विवादमा कुनै तेस्रो पक्षको संलग्नता नरहेको पनि उनले स्पष्ट पारे।
त्यस क्रममा प्रमाण संकलनका क्रममा आवश्यक जानकारी आदान(प्रदानका लागि मात्र अन्य पक्षसँग संवाद भएको उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई त्यसै सन्दर्भमा बुझ्नुपर्ने उनले बताए।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend