काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूलाई दुग्ध विकास संस्थान (डीडीसी) का विभिन्न दुग्धजन्य उत्पादनको प्याकेट वितरण गरिएको छ।
स्वदेशी उत्पादनको प्रवर्द्धन तथा किसानको हितलाई प्राथमिकता दिने उद्देश्यले कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका उत्पादन उपलब्ध गराएकी हुन्।
स्रोतका अनुसार वितरण गरिएको प्याकेटमा डीडीसीद्वारा उत्पादित दूध, केशर दूध, बटर, चिज, दही तथा पेँडा समावेश थिए। स्वदेशी वस्तुको उपभोग बढाउने, दुग्ध किसानलाई प्रोत्साहन गर्ने तथा सरकारी स्वामित्वको संस्थानको बजार विस्तारमा टेवा पुर्याउने उद्देश्यले बैठककै क्रममा उक्त उत्पादन वितरण गरिएको बताइएको छ।
मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादनको देशव्यापी प्रवर्द्धन, बजार विस्तार तथा संस्थानको व्यावसायिक सुदृढीकरणका विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend