काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूलाई दुग्ध विकास संस्थान (डीडीसी) का विभिन्न दुग्धजन्य उत्पादनको प्याकेट वितरण गरिएको छ।
स्वदेशी उत्पादनको प्रवर्द्धन तथा किसानको हितलाई प्राथमिकता दिने उद्देश्यले कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका उत्पादन उपलब्ध गराएकी हुन्।
स्रोतका अनुसार वितरण गरिएको प्याकेटमा डीडीसीद्वारा उत्पादित दूध, केशर दूध, बटर, चिज, दही तथा पेँडा समावेश थिए। स्वदेशी वस्तुको उपभोग बढाउने, दुग्ध किसानलाई प्रोत्साहन गर्ने तथा सरकारी स्वामित्वको संस्थानको बजार विस्तारमा टेवा पुर्याउने उद्देश्यले बैठककै क्रममा उक्त उत्पादन वितरण गरिएको बताइएको छ।
मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादनको देशव्यापी प्रवर्द्धन, बजार विस्तार तथा संस्थानको व्यावसायिक सुदृढीकरणका विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend