बलभद्र बाँस्तोला र पद्मनिधि सोती
काठमाडौं । सरकारले बिशेष अदालतका पूर्वन्यायाधीश बलभद्र बाँस्तोलाको अध्यक्षतामा भूमि समस्या समाधानसम्बन्धी ४ सदस्यीय समिति गठन गरेको छ । समितिका सदस्यहरूमा काठमाडौँका अमीरप्रसाद न्यौपाने, लमजुङका पद्मनिधि सोती तथा काठमाडौँकी डा. रोहना श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्षको जिम्मेवारी दिइएका कास्कीका बास्तोला न्यायसेवामा हुँदा विवादित फैसलाका कारण न्यायपरिषदबाटै कारबाहीको आवाज उठेका पात्र हुन् ।
रास्वपाले राम्रालाई छान्ने भनेको त पदमा हुँदा भ्रष्टाचार गर्ने र अकूत सम्पत्ति कमाउनेहरुले मात्र नियुक्तिमा प्राथमिकतामा पर्न थालेका छन् । सरकारले नियुक्ति गरेकाहरु विगतमा पदमा हुँदा भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएकाहरुमात्र छन् । अध्यक्ष बलभद्र बाँस्तोला र सदस्य पद्मनिधि सोती सबैभन्दा विवादित पात्र हुन् ।
बाँस्तोलाले विशेष अदालतको न्यायाधीश हुँदा ठगी मुद्दा सर्वोच्चमा जानबाट रोकिदिने भनेर ५ लाख घुस लिंदालिंदै पक्राउ परेका तत्कालीन कास्की जिल्ला अदालतका सहन्यायायाधीवक्ता सुरेन्द्रबहादुर थापादेखि धेरै भ्रष्टाचार आरोपीलाई उन्मुक्ति दिने फैसला गरेकाले न्यायपरिषदले नै छानबिन गर्नुपर्ने आवाज उठाइएका पात्र हुन् ।
भूमि ब्यवस्थाका बदनाम सोती, बालेन्द्र सरकारका कसरी भए विज्ञ ?
भूमिब्यवस्थापन तथा अभिलेख बिभागका पूर्वमहानिर्देशक पद्मनिधि सोती त झन् विवादित र अख्तियार दुरुपयोग अनुसन्धान आयोेगबाट ठूला ठूला भ्रष्टाचार काण्डमा निलम्बनमा परी अदालतमा चलखेल गर्दै सफाइ पाउन सफल पात्र हुन् । जागिरे जीवनका अधिकांश समय काठमाडौं उपत्यकाका मालपोत कार्यालयमा बसी सरकारी र गुठीका जग्गा दर्ता गरी अरब हाराहारी अकूत सम्पत्ति कमाएको आरोप लागेका सोती ललिता निवासभित्रको २ सय ९९ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने मूख्य पात्र हुन् ।
यो प्रकरणमा कार्यपालिका, व्यवस्थापिका र संवैधानिक आयोगलाई झुटो विवरण दिएर अनुसन्धान प्रक्रियालाई गुमराहमा पार्ने काम सोतीले नै गरेका थिए ।
ललिता निवासको अधिग्रहण भइसकेको जग्गासमेत भूमाफियालाई दिनुपर्छ भन्ने आसयको सिफारिस पठाउने काम सोतीले मालपोत कार्यालय डिल्लीबजारमा हुँदा गरेको तथ्य सार्वजनिक भएको थियो । तर यस्तै विवादित र भ्रष्टलाई वालेन्द्र सरकारले भूमि आयोगको जिम्मेवारी दिएको छ ।
तत्कालीन व्यवस्थापिका संसदको सार्वजनिक लेखासमितिले ललिता निवास क्याम्पभित्र खास भएको के हो यथार्थ विवरण तीन दिनभित्र पठाउन मालपोत कार्यालय डिल्लीबजारलाई २०७३ जेठमा पत्र पठाएको थियो । त्यतिबेला मालपोत कार्यालय डिल्लीबजारका प्रमुख थिए–पद्मनिधि सोती । लेखासमितिको निर्देशनलाई अवज्ञा गर्न उनले सक्ने अवस्था थिएन । उनले पत्र पाएको भोलिपल्टै २०७३ जेठ २७ गते संसदीय समितिलाई सरकारी जग्गा भूमाफियाको नाममा सार्न सजिलो पार्ने चलाखी गरेर विवरण पठाएका थिए ।
पद्मनिधि सोतीले लेखासमितिलाई ललिता निवासको जग्गा ब्यक्तिको बनाउनेगरी लेखेको पत्र

सोतीले जम्मा एउटा शब्द फेरबदल गरी ‘अधिन’ को ठाउँमा ‘अधिग्रहण’ राखे । ८ मंसिर २०४७ को मन्त्रिपरिषद निर्णयमा ‘जफत घर, जग्गा तथा सम्पत्तिमध्ये श्री ५ को सरकारको अधिनमा रहेका जति जानकारीमा आउनासाथ तुरुन्त फिर्ता दिने’ भनिएको छ । भूमाफियासँग मिलेका मालपोत अधिकृत सोतीले त्यसलाई बंग्याएर लेखेका थिए– ‘२०४७ सालमा राजनीतिक परिवर्तनपछि राजनीतिक पूर्वाग्रहका कारण जफत भएको सम्पत्ति श्री ५ को सरकारको अधिग्रहणमा रहेको जति जानकारीमा आउनसाथ तुरुन्त फिर्ता दिनू भनी तत्कालीन श्री ५ को सरकारको निर्णय ।
सोतीले जफत भएको जग्गा फिर्ता दिने २०४७ सालको सरकारी निर्णयलाई २०२१ साल मंसिर १५ गते अधिग्रहण गरेको जग्गा फिर्ता दिने भनेर अथ्र्याएका थिए । जबकि, कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले गरेका निर्णय र मन्त्रिपरिषदको निर्णय अनुसार २०४७ जेठ १४, जेठ १७, साउन ८ र भदौ ३ गते भएका कुनै पनि परिपत्रमा ‘अधिग्रहण’ भन्ने शब्द छैन ।
ललिता निवास जग्गा प्रकरणका मुख्य खेलाडीमध्येका एक सोतीलाई जुन जुन मालपोत कार्यालयमा बसे, त्यहाँ त्यहाँ सरकारी जग्गा दर्ता गर्नेदेखि विवादित जग्गामा मुछिएका र अकूत सम्पत्ति कमाउनेमा पर्दछन् ।
मालपोत कार्यालय ललितपुरको मालपोत अधिकृत हुँदा सोतीले ६६ लाख रुपैयाँ लिएर साविक ललितपुर उपमहानगरपालिका वडा नं. ३ (ङ) को १३ आना ३ पैसा सरकारी जग्गा व्यक्तिको नाममा गरेका थिए थिए । उक्त सरकारी जग्गा दर्ता गरेको अभियोगमा अख्तियारले सोतीबिरुद्ध २०७१ कात्तिक १४ गते विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए । तर बिशेष अदालतमा समेत सेटिङ गरी उनले मुद्दा जितेका थिए । अख्तियारले सोतीलाई बिगोसहित कैद जरिवाना माग गरेको थियो । तर, अख्तियारले मुद्दा हार्यो ।
२०७९ मा भूमिब्यवस्थापन बिभागको महानिर्देशक हुँदा मालपोत कार्यालयका खरिदार, नासुदेखि उपसचिवको सरुवा दररेट तोकेर करोडौं असुली गरेको आरोप उनीमाथि लागेको थियो । मालपोतका अति नै विवादित र भ्रष्ट सोती वालेन्द्र सरकारको शासनमा कसरी योग्य र विज्ञ ठहरिए ? यो भने आश्चर्यको बिषय भएको छ ।
भुमि ब्यवस्था बिभागको महानिर्देशक हुँदा सोतीले कित्ताकाट खुल्ला गर्नबाट रोकेर आनाको १ लाख लिंदै प्रत्येक मालपोत र नापी कार्यालयबाट बोलकबोल गरी उठाएका थिए ।
ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो । सीआईबीले सोतीमाथि संगठित अपराध, सरकारी छाप तथा दस्तखत कीर्ते र ठगी अभियोगमा अनुसन्धान गरेको फाइल सुरक्षित छ । वालेन्द्रले सीआईबीबाट उक्त फाइल मगाएर हेर्दा पनि सबै छर्लङ्ग हुनेछ ।
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो(सीआईबी)ले गएको असोज २३ गते पक्राउ गरी धरौटीमा छुटेका बिचौलिया नवीनराज बस्नेतमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले पनि अनुसन्धान...
काठमाडौं । मिटरब्याजको कारोबार गरी अकूत सम्पत्ति आर्जन गर्ने केही आरोपीबिरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको छ । मिटरब्याजको कारोबार गर्ने केहीविरुद्ध मुद्दा दायर...
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भष्टाचार तथा बेथितिले आफ्नो चरम सीमा नाघिसकेको छ । उक्त अस्पतालमा भइरहेको बेथिति र भ्रष्टाचारका...
सम्राट उपाध्याय नेपालको निजामती सेवामा ट्रेड युनियन यति कमजोर कहिल्यै पनि भएको थिएन । नेपाल प्रहरीले एक साताअघि संचार गृहमा गएर पत्रकारहरुलाई गिरफ्तार शुरु गर्यो...
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले आफ्ना कारोबारलाई एकीकृत डिजिटल प्रणालीमा रूपान्तरण गर्न ईआरपी आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) परियोजना सञ्चालन गरेको छ। यससँगै निगम नेपालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend