Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रमण कन्ष्ट्रक्सनसहित ११ कम्पनी कालोसूचीमा


    बुधबार, जेष्ठ १३ २०८३
    375
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सार्वजजिक खरिद अनुगमन कार्यालयले रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ लिमिटेड प्रा.लि.सहित ११ कम्पनीलाई कालोसूचीमा राखेको छ ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा ढिलासुस्ती गरेपछि रमण–पटेल जेभीसहित ११ कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।

    जनकपुर–९ धनुषा ठेगाना भएको रमण कन्स्ट्रक्सनले भारतको पटेल इन्जिनियरिङ लिमिटेडसँग मिलेर सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि ठेक्का पाएको थियो ।

    तर, काममा ढिलासुस्ती गरेकाले गत वर्ष कात्तिक २५ गते आयोजनाले ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सरकारले तीन वर्षका लागि कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक खरिद कार्यक्रममा सहभागी हुन पाउँदैनन् । रमण कन्ष्ट्रक्सनका संचालक पवन महतो र बलराम महतो हुन् । रमण कन्ष्ट्रक्सनले सुन्धाराको निर्माण गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार